after_navbar

कोलम्बियामा सैन्य विमान दुर्घटना, ६६ जनाको मृत्यु


४ घण्टा अगाडि


काठमाडौ,१० चैत। कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।

ad

दक्षिणतर्फ उडान भरेको केही समयपछि नै सी–१३० हर्कुलस विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा १ सय १४ सैनिक र ११ जना चालक दलका सदस्य सवार रहेका थिए।

वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जानकारी दिएका छन्। पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो सहर नजिकै विमान दुर्घटना भएको हो। घटनास्थलमा खटिएका उद्धार टोलीले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्।

रक्षामन्त्री पेड्रो सान्चेजले सैनिक बोकेर उडेको विमान उडानकै क्रममा दुर्घटनामा परेको बताए। उनका अनुसार विमानमा आगलागी भएपछि भित्र रहेका गोला–बारुदसमेत विस्फोट भएको थियो।

स्थानीयवासीले घाइते सैनिकहरूलाई मोटरसाइकलमार्फत अस्पताल पुर्‍याएका छन्। राष्ट्रपति गुस्ताभो पेट्रोले सामाजिक सञ्जालमार्फत यस्तो दुर्घटना हुनु दुःखद भएको बताएका छन्। उनले सशस्त्र बलका उपकरण र विमान आधुनिकीकरणमा ढिलाइ हुनुको कारण ‘नोकरशाही समस्या’ रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="