after_navbar

अनलाइन ठगीमा फसेका ५१ नेपालीको कम्बोडियाबाट उद्वार


४ घण्टा अगाडि


काठमाडौ,११ चैत ।कम्बोडियामा अनलाइन ठगी र गैरकानुनी काममा संलग्न गराइएका ५१ नेपालीको उद्धार गरिएको छ।

ad

थाइल्याण्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरुलाई उद्धार गरी गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो।

दूतावासका अनुसार उनीहरु विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका थिए र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा काम गर्न बाध्य बनाइएका थिए।

त्यस्तै, केही नेपाली बिना राहदानी बसिरहेको तथा राहदानी जफत गरिएको वा हराएको गुनासो आएको दूतावासले जनाएको छ। यस्तो अवस्थामा नेपाल फर्कन दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।

दूतावासले अलपत्र परेका अन्य नेपालीलाई पनि उद्धार गरी नेपाल फर्काउने प्रयास भइरहेको जनाएको छ। साथै, वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र जान र छिटो धेरै कमाउने प्रलोभनमा नपर्न अनुरोध गरेको छ।

तथ्यांकअनुसार पछिल्लो समय कम्बोडिया जाने नेपालीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="