काठमाडौ,११चैत । न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एन्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
मर्मतका क्रममा निस्किएको आगोको झिल्कोबाट पार्लरको भान्साबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागीबाट केक बनाउने सामग्री, मेसिन तथा अन्य तयारी सामान जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि धरान, दुहवी, रामधुनी, इनरुवा, विराटनगर र सुन्दरहरैंचाबाट आएका वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब डेढ घण्टामा नियन्त्रणमा लिइएको थियो।
इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र भने भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा जलेको अवस्थामा रहेको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस