काठमाडौं,१४ चैत । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन्।
मुगु जिल्लाको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
उनीलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
मल्लविरुद्ध बलात्कारको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर ललितपुर र सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
पीडित महिलाले फागुन ५ गते नै प्रहरीमा उजुरी दिएकी थिइन्। उनी केही समयअघि माइतीघर मण्डलामा अनशनसमेत बसेकी थिइन्।
प्रतिक्रिया दिनुहोस