after_navbar

सुन तोलामा २५ सयले घट्यो


४ घण्टा अगाडि


दाङ,१६ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

ad

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन २ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४ हजार ७२० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="