काठमाडौं,१६ चैत । हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा सहभागी नहुने बताएका छन्।
श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद समेत रहेका उनले प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने माग गर्दै कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू नजाने बताएका हुन्।
प्रधानमन्त्रीले कोशी प्रदेशका प्रतिनिधिसभा सदस्यहरूसँग छलफलका लागि सिंहदरबारमा बैठक बोलाएका छन्। यसका लागि प्रधानमन्त्रीको सचिवालयले उक्त पार्टीका सांसदहरूलाई पनि निम्तो दिएको छ।
‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाहा भएन। हामी कोठे बैठकमा आउँदैनौँ,’ साम्पाङले भनेका छन्, ‘सदनको बैठक बोलाउनुपर्छ। हप्तामा कम्तीमा एक पटक बैठक बस्नुपर्छ। जनताका प्रश्नबाट भाग्न पाइँदैन।’
प्रतिक्रिया दिनुहोस