काठमाडौं,१७ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।
मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धता कार्यान्वयन गर्न यस्तो निर्णय गरिएको जनाएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा पारेको नकारात्मक असर न्यूनीकरण गर्दै वातावरणमैत्री विकल्पको प्रयोग बढाउन यो कदम चालिएको हो।
मन्त्रालयले यस निर्णयले अन्य सरकारी निकाय तथा सरोकारवाला पक्षलाई पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेको छ।
मन्त्री श्रेष्ठले यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस