after_navbar

दाङमा खुकुरी प्रहारबाट एक महिला गम्भीर घाइते


चैत २०, २०८२


दाङ,२० चैत । दाङमा एक महिलामाथि खुकुरी प्रहार भएको छ। दाङको शान्तिनगर गाउँपालिका–४ बैसामा एक महिलामाथि खुकुरी प्रहार भएको हो। घटनामा २८ वर्षीया आशा खड्का गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार बिहीबार छिमेकी ४५ वर्षीय तिलकराम घर्तीले खुकुरी प्रहार गरेका हुन्। आन्तरिक विवाद (आलीसाँधी) का कारण भएको उक्त घटनामा खड्काको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ।

गम्भीर घाइते खड्कालाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

यसै घटनामा खड्काकी ७ वर्षीया छोरी आयुसा र २२ वर्षीया देउरानी समीक्षा पनि घाइते भएका छन्। उनीहरूको राप्ती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने घर्ती फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार घर्ती पूर्व सुरक्षाकर्मी समेत रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="