after_navbar

रेमिट्यान्स ३७.७ प्रतिशतले बढ्यो


चैत २०, २०८२


काठमाडौँ,२० चैत । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा रहेका नेपालीहरूले १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ बराबरको रेमिट्यान्स स्वदेश पठाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ९.५ प्रतिशत मात्र थियो।

केन्द्रीय बैंकका अनुसार गएको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको यही महिनामा भने १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ बराबर रेमिट्यान्स आएको थियो।
यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या २ लाख ७३ हजार ५३६ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ५१ हजार ९८५ रहेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="