after_navbar

यातायात कार्यालयमा बिचौलिया प्रवेशमा रोक


चैत २३, २०८२


दाङ,२३ चैत । तुलसीपुर यातायात कार्यालयमा बिचौलियाविरुद्ध कडाइ, प्रत्यक्ष सेवा प्रणाली लागू
यातायात व्यवस्था कार्यालय तुलसीपुरले सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउन बिचौलियाको चलखेल रोक्ने उद्देश्यसहित कडाइ सुरु गरेको छ।

ad

कार्यालयले सूचना जारी गर्दै सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सेवा दिने व्यवस्था लागू गरिएको जनाएको छ। यससँगै कार्यालय परिसरभित्र बिचौलिया प्रवेशमा रोक लगाइएको छ।

विगतमा लेखापढी व्यवसायी तथा बिचौलियाको हस्तक्षेपका कारण सेवाग्राहीले अनावश्यक दुःख पाएको र भ्रष्टाचारजन्य गतिविधि बढेको गुनासो आएपछि यस्तो निर्णय गरिएको जनाइएको छ।

यातायात व्यवस्था विभाग र सम्बन्धित मन्त्रालयको परिपत्रअनुसार कार्यालयले निगरानी तथा कडाइ बढाएको हो।

अब कार्यालयभित्र कर्मचारी बाहेक अन्य अनधिकृत व्यक्तिको प्रवेश निषेध गरिएको छ। इजाजतप्राप्त लेखापढी व्यवसायीले भने कार्यालय परिसर बाहिरबाट मात्र मर्यादित रूपमा सेवा दिनुपर्ने व्यवस्था गरिएको छ।

सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ। सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमै ‘नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ। साथै, सेवा लिँदा कुनै समस्या वा अवाञ्छित गतिविधि भएमा सिधै कार्यालय प्रमुख वा सूचना अधिकारीलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="