after_navbar

देवचुलीमा पुरुष मृत भेटिए, श्रीमती गम्भीर घाइते


१२ घण्टा अगाडि


काठमाडौ,२३ चैत । नवलपरासीको देवचुली नगरपालिका–१६ मा एक पुरुष मृत अवस्थामा फेला परेका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा भेटिएकी छन्।

ad

स्थानीय ७५ वर्षीय जीवनराम थनेत आफ्नै घरभित्र टाउकोमा धारिलो हतियार प्रहार भएजस्तो चोटसहित मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी ७० वर्षीया श्रीमती गुलबासेनिया थनेत पनि टाउकोमा गम्भीर चोटसहित अचेत अवस्थामा भेटिएकी छन्। प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उनलाई उपचारका लागि चितवन पठाइएको छ।

प्रहरीका अनुसार दम्पती मात्रै घरमा बस्दै आएका थिए भने उनका छोराबुहारी छुट्टै बस्दै आएका थिए।

घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="