after_navbar

देउवा दम्पतीविरुद्ध इन्टरपोल नोटिस प्रक्रिया सुरु


६ घण्टा अगाडि


काठमाडौ,२५ चैत । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया सुरु भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ पुर्जी जारी गरी प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलमा नोटिसका लागि प्रक्रिया अघि बढाएको हो ।

ad

प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्यूरोको सिफारिसमा ईन्टरपोलबाट नोटिस जारी हुने व्यवस्था छ । देउवा दम्पतीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको विषयमा विभागले अनुसन्धान गरिरहेको जनाएको छ । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार उक्त विषय अनुसन्धानकै चरणमा रहेको छ ।

यद्यपि, देउवा दम्पतीविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको विषय विभागले अस्वीकार गरेको छ । तर विभाग स्रोतका अनुसार उनीहरूको यात्रा विवरण माग गरी अनुसन्धान अघि बढाइएको छ ।

अध्यागमन स्रोतका अनुसार आरजु राणा फागुन १० मा भारत गएकी र शेरबहादुर देउवा फागुन १३ मा सिंगापुर गएको देखिन्छ । हाल उनीहरू हङकङमा रहेको बताइएको छ ।

विदेशमा रहेको पुष्टि भएपछि इन्टरपोलमार्फत नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने कानुनी व्यवस्था रहेको छ ।

इन्टरपोलबाट रेड, ब्लू, ग्रिनलगायत विभिन्न प्रकारका नोटिस जारी गरिन्छन् । अदालतबाट वारेन्ट नभएको अवस्थामा ‘डिफ्युजन’ जारी गरिन्छ भने पक्राउका लागि रेड नोटिस आवश्यक पर्ने हुन्छ । देउवा दम्पतीको हकमा कुन प्रकारको नोटिस जारी गर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="