after_navbar

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


५ घण्टा अगाडि


काठमाडौं,२९ चैत। साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।

ad


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर दुई लाख ९७ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि सुन दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा चार हजार ९६० रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँले वृद्धि भई चार हजार ९७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="