काठमाडौं,१ बैशाख । नेपाल सरकारले संघीय मन्त्रालयको संख्या १७ कायम गर्ने प्रस्ताव अघि सारेको छ।
सरकारले विभिन्न दलका घोषणापत्रका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा मन्त्रालय संख्या घटाउने उल्लेख गरेको हो।
मस्यौदाअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लाई समन्वय, जलवायु परिवर्तन र ठूला आयोजनाको अनुगमन गर्ने केन्द्रका रूपमा विकास गरिनेछ।
साथै राष्ट्रिय योजना आयोग लाई थिंक ट्यांकका रूपमा पुनर्संरचना गर्ने योजना छ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुधार गर्न उच्चस्तरीय प्रशासन पुनरावलोकन आयोग गठन गर्ने र पाँच वर्षभित्र २५ प्रतिशत नयाँ जनशक्ति भित्र्याउने पनि प्रस्तावमा उल्लेख छ।
मस्यौदामाथि वैशाख १० भित्र राजनीतिक दलसँग सुझाव मागिएको छ।
प्रतिक्रिया दिनुहोस