after_navbar

जनकपुर रिफाइनरीमा आगलागीः १५ करोड क्षति


३ घण्टा अगाडि


काठमाडौ,४ वैशाख। जनकपुर रिफाइनरीमा आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ। मिथिला नगरपालिका–७ ढल्केबरस्थित रिफाइनरीमा गएराति भएको आगलागीबाट जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेर नष्ट भएको रिफाइनरीका प्रबन्धक सञ्जय गुप्ताले जानकारी दिएका छन्।

ad

आगो नियन्त्रणका लागि जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पाँच वटा वारुणयन्त्र परिचालन गरिएको थियो। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना को संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको हो।

ढल्केबरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="