after_navbar

रास्वपाको १६ सदस्यीय सचिवालय गठन


बैशाख ०७, २०८३


काठमाडौ,७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ सदस्यीय सचिवालय गठन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा भूपदेव शाहलाई मनोनीत गर्नुका साथै केन्द्रीय सदस्य सागर ढकाल र सरिताश्री ज्ञवालीलाई बढुवा गरेसँगै सचिवालय १६ सदस्यीय बनेको हो।

यसअघि प्रधानमन्त्री बालेन्द्र शाहसँगको सहमतिअनुसार सुनील लम्साललाई महामन्त्री र भूपदेव शाहलाई सहमहामन्त्री बनाउने तथा बालेन शाहलाई वरिष्ठ नेता बनाउने समझदारी भएको थियो। यद्यपि ती निर्णय औपचारिक रूपमा अनुमोदन हुन बाँकी रहेकामा सोमबारको बैठकले भूपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो।

सचिवालयमा रवि लामिछाने सभापति, स्वर्णिम वाग्ले उपसभापति, कवीन्द्र वुर्लाकोटी र भूपदेव शाह महामन्त्री रहेका छन्। यस्तै विपिन आचार्य सहमहामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, बसुमाया तामाङ सहकोषाध्यक्ष र मनिष झा प्रवक्ता रहेका छन्।

सदस्यहरूमा गणेश पराजुली, दीपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोबिता गौतम, हरि ढकाल, सागर ढकाल र सरिताश्री ज्ञवाली रहेका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="