दाङ,९वैशाख । सल्यानमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ। बागचौर नगरपालिका–४ नमुना बस्तीमा विद्युत् सर्ट भई लागेको आगलागीमा ७० वर्षीय मोतिराम वलीको जलेर मृत्यु भएको हो।
प्राप्त जानकारी अनुसार वली बाख्राको खोरमा सुतिरहेका बेला अचानक आगलागी भएको थियो। स्थानीयका अनुसार उनी नजिकै आफन्तको बिहेमा सहभागी हुन पुगेका थिए र गर्मीका कारण टहरामा सुतिरहेका थिए। आगलागीबाट खोरमा रहेका करिब ३५ वटा लोकल कुखुरा पनि जलेर नष्ट भएका छन्।
वडा अध्यक्ष कृष्णा बस्नेतका अनुसार आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस