काठमाडौ,१० वैशाख। हिमालयन रिइन्स्योरेन्सका पूर्वअध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्न नेपाल प्रहरीको टोली भैरहवा पुगेको छ।
प्रहरी स्रोतका अनुसार आर्थिक अनियमितता र कम्पनीसम्बन्धी निर्णय प्रक्रियामा भएको कथित त्रुटिका विषयमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिन लागिएको हो। सम्भवतः आजै पक्राउ गर्ने तयारी रहेको जनाइएको छ।
स्रोतका अनुसार कम्पनीको वित्तीय कारोबार, पारदर्शिता तथा नियामक निकायका नियम उल्लंघनसम्बन्धी विषयमा अनुसन्धान केन्द्रित गरिएको छ। यद्यपि, प्रहरीले आधिकारिक रूपमा विस्तृत आरोप सार्वजनिक गरिसकेको छैन। पक्राउपछि थप विवरण सार्वजनिक हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस