after_navbar

इजरायलले २० करोड डलरको हवाई हतियार खरिद गर्दै


६ घण्टा अगाडि


काठमाडौ,१० वैशाख । इरानविरुद्धका सैन्य अभियान जारी रहेकै बेला इजरायलले उन्नत हवाई युद्धसामग्री खरिद प्रक्रिया अघि बढाएको छ। इजरायलको रक्षा मन्त्रालयले रक्षा कम्पनी एलबिट सिस्टम्सलाई करिब २० करोड अमेरिकी डलर बराबरको ठेक्का दिएको हो। उक्त सम्झौताअनुसार कम्पनीले आकाशबाट प्रहार गर्न सकिने उन्नत हतियार प्रणाली आपूर्ति गर्नेछ।

ad

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार एलबिट सिस्टम्सले विज्ञप्ति जारी गर्दै इजरायलको रक्षा मन्त्रालयसँगको लामो साझेदारीप्रति गर्व व्यक्त गरेको छ। कम्पनीले हवाई आक्रमणसम्बन्धी प्रविधिमा आफ्नो नेतृत्वसमेत दाबी गरेको छ।

उक्त प्रणाली इजरायली वायुसेनाको हवाई प्रभुत्व कायम राख्न सहयोगी हुने विश्वास गरिएको छ। इजरायलको रक्षा मन्त्रालयका अनुसार रक्षा खरिद निर्देशनालयमार्फत गरिएको यो सम्झौताको उद्देश्य हतियारमा आत्मनिर्भरता बढाउनुका साथै वर्तमान युद्ध अवस्था र भविष्यका सुरक्षा चुनौतीका लागि तयारी सुदृढ गर्नु रहेको इजरायलका रक्षामन्त्री इजरायल काट्जले बताएका छन् । उनले उक्त सम्झौता देशको हतियार आपूर्ति प्रणालीलाई अझ सुदृढ बनाउने रणनीतिक कदम भएको बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="