काठमाडौ ,१२ वैशाख । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्धलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पदमा रहेका सबै व्यक्तिलाई कूटनीतिक आचरण समान रूपमा लागू गरिने बताए।
“प्रधानमन्त्री, मन्त्रीलगायत सबैका लागि कूटनीतिक आचरण अनिवार्य बनाउन तालिमको व्यवस्था गरेका छौँ,” उनले भने। उनले कूटनीतिक नियम सबैले पालना गर्नुपर्नेमा जोड दिए।
फरक प्रसङ्गमा मन्त्री खनालले सरकारले सुशासन र आर्थिक समृद्धिका लागि काम गरिरहेको बताए। पार्टीको वाचापत्रअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताए।
प्रतिक्रिया दिनुहोस