after_navbar

कपिलवस्तुमा जीप र ट्रक ठोक्किँदा दुईको मृत्यु


५ घण्टा अगाडि


दाङ,१३ वैशाख । कपिलवस्तुमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बहादुरगञ्ज–तौलिहवा हुलाकी सडक खण्डमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

ad

कपिलवस्तु नगरपालिका–१२ पिपरहवामा रोकिराखेको ट्रकमा जीप ठोक्किँदा दुर्घटना भएको हो। मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–११ बनगाईका राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ धर्मनगरका चिन्नी कुर्मी रहेका छन्।

दुर्घटनामा घाइते भएका नन्दप्रसाद दुबे, मोतिलाल कुर्मी र सुरेश कुर्मीको तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

युपी–३२ सिए ८३४३ नम्बरको जीप लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="