after_navbar

राप्रपा राजाको पार्टी होइन: अध्यक्ष लिङ्देन


बैशाख १३, २०८३


काठमाडौ,१३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा राजाको पार्टी नभई राजसंस्था मान्नेहरूको पार्टी भएको बताएका छन्।

गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा उनले राजा र राजसंस्था कुनै पनि दलसँग सम्बन्धित नहुने उल्लेख गरे। राजसंस्था सबै दल र विचारभन्दा माथि रहने उनको भनाइ थियो।

राप्रपालाई राजाको पार्टी भनेर प्रचार गर्नेहरू वास्तविक रूपमा राजसंस्थाका पक्षपाती नभएको उनले आरोप लगाए।

गणतन्त्र सरकारमा सहभागिताको विषयमा टिप्पणी गर्दै उनले सरकारमा नजाँदैमा पार्टी ठूलो नहुने बताए। उदाहरण दिँदै उनले नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी उल्लेख गरे।

पार्टीभित्रको विवादबारे बोल्दै अध्यक्ष लिङ्देनले चुनावअघि सबैलाई मिलाएर लैजाने प्रयास गर्दा अनुशासन उल्लंघन भएको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

राप्रपाले हाल प्रदेशस्तरमा निर्वाचन समीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ। मधेश, कोशी र गण्डकी प्रदेशमा समीक्षा सम्पन्न भइसकेको छ भने लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशमा क्रमशः वैशाख १४, १५ र १७ गते बैठक तय गरिएको छ। कर्णाली प्रदेशको मिति भने अझै तय हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

data-href="