दाङ,१४ वैशाख । सुनचाँदीको मुल्य वृद्धि भएको छ । सोमबार बजारमा सुनको मुल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार ४ हजार ९९५ रुपैयाँ रहेको चाँदी सोमबार ५० रुपैयाँ बढेर ५ हजार ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस