after_navbar

जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु


घण्टा अगाडि


काठमाडौ,१४ वैशाख । जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्साका ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा)को जंगली बँदेलको आक्रमणबाट मृत्यु भएको हो।

ad

आक्रमणबाट गम्भीर घाइते भएका थिङलाई उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले जानकारी दिए।

प्रहरीले मध्यराति नै घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

जंगली बँदेलले मकै बालीमा क्षति गरेपछि थिङ केही दिनदेखि खेतमै बसेर रेखदेख गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="