दाङ,१६ वैशाख । सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभागले बुधबार सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा समायोजन गरिएको जनाएको हो।
सूचनाअनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गका मालवाहक तथा तराईका मालवाहक सवारीमा समान ५/५ प्रतिशतले भाडा वृद्धि गरिएको छ।
बढेको भाडा आजैदेखि लागू भएको विभागले जनाएको छ। यो निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा गरिएको हो।
तर, विद्युतीय सवारीसाधनमा भने यो भाडा वृद्धि लागू नहुने विभागले स्पष्ट पारेको छ। विद्युतीय सवारीले भाडा बढाए कारबाही गरिने चेतावनी समेत दिइएको छ।
यसअघि गत चैत २५ गते पनि सार्वजनिक यातायातको भाडा बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस