दाङ,१७ वैशाख । बुधबार बेलुका आएको हावाहुरीका कारण दाङमा चार जना घाइते भएका छन्।
घाइते हुनेमा लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी, शान्तिनगरका जगतबहादुर थापा, वडा–३ वनगाउँका कमल खनाल र वडा–२ श्रीगाउँका बिक्रम चौधरी रहेका छन्।
हावाहुरीका क्रममा जस्तापाताले काट्दा थापाको हातमा गम्भीर चोट लागेको छ भने खनालको हात भाँचिएको छ। यस्तै, रुखको हाँगा भाँचिँदा बिक्रम चौधरीको आँखामा चोट लागेको छ। घाइते चारै जनाको लमही अस्पतालमा उपचार गरिएको छ।
स्थानीय प्रशासनका अनुसार हावाहुरीका कारण विभिन्न स्थानमा रुख ढल्नुका साथै संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
प्रतिक्रिया दिनुहोस