after_navbar

पौडेल दम्पतीविरुद्ध ६९ करोडको मनी लाउन्डरिङ मुद्दा


बैशाख १७, २०८३


काठमाडौ,१७ वैशाख । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र सम्पत्ति शुद्धीकरण मुद्दामा विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागले उनीहरूमाथि ६८ करोड ९४ लाख रुपैयाँभन्दा बढी बिगो कायम गर्दै कारबाहीको माग गरेको छ।
अनुसन्धानअनुसार दम्पतीले विदेशी विनिमय ऐन विपरीत गैरकानुनी कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको आरोप छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत गरिएको थप अनुसन्धानमा पद र शक्तिको दुरुपयोग गरेर सम्पत्ति आर्जन गरेको पुष्टि भएको दाबी गरिएको छ।
अभियोगपत्रअनुसार विकल पौडेलतर्फ ६१ करोड १३ लाख रुपैयाँ र एलिना बस्नेततर्फ ७ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरिएको छ।

विभागले बिगोको दोब्बर जरिवाना, कैद सजाय र अवैध सम्पत्ति जफत गर्न मागदाबी गरेको छ। यसअघि पनि विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दर्ता भइसकेको थियो।

साथै, विशेष अदालतले सुरक्षण मुद्रण उपकरण खरिद प्रकरणमा भ्रष्टाचार मुद्दामा पौडेललाई दोषी ठहर गर्दै कैद र जरिवाना सजाय सुनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="