after_navbar

वर्तमान सरकार विवेकहीन: सिके राउत


७ मिनेट अगाडि


काठमाडौ,२० वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारलाई कार्यशैली तत्काल सच्याउन चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विकासलाई केवल सडक र पूर्वाधारमा सीमित नगरी नागरिकको गाँस, बास र आधारभूत आवश्यकतासँग जोड्नुपर्ने बताएका छन्।

ad

राउतले वर्तमान नेतृत्वलाई लोकप्रियतावादी र विवेकहीन भन्दै सामाजिक सञ्जालको लाइक–कमेण्टका आधारमा निर्णय लिइँदा मानवीय संवेदना कमजोर हुने टिप्पणी गरेका छन्।

डोजर प्रयोगमार्फत भइरहेको संरचना हटाउने कार्यप्रति आपत्ति जनाउँदै उनले यस्तो कदमले सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको बताएका छन्।

उनले सत्ता र प्रभावको भरमा आफूलाई जनताभन्दा माथि ठान्ने भ्रम नपाल्न आग्रह गर्दै शक्तिको अहंकार खतरनाक हुने चेतावनी दिएका छन्। निर्णय गर्दा ‘गोल्डेन रुल’ अपनाउन सुझाव दिँदै पीडितको ठाउँमा आफूलाई राखेर सोच्न सरकारलाई आग्रह गरेका छन्।

राउतले उदाहरण दिँदै अन्य देशमा नागरिकका लागि राज्यले संवेदनशील व्यवहार गर्ने गरेको उल्लेख गरे पनि नेपालमा भने नागरिक नै पीडित बन्ने अवस्था देखिएको बताएका छन्।

राज्य भनेको केवल जमिन नभई जनता भएको र सरकार जनताको सेवक भएको स्मरण गराउँदै उनले सरकार समयमै सचेत नभए भविष्यमा राज्यप्रति नकारात्मक धारणा बन्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="