काठमाडौ,२२ वैशाख । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिन गर्न काठमाडौं जिल्ला प्रहरी परिसरमा उजुरी दर्ता गरेको छ।
बल्खु र थापाथलीका सुकुम्बासी बस्तीमा भएका आत्महत्या घटनाको निष्पक्ष छानबिन माग गर्दै निवेदन दिएको प्रवक्ता विजय शाहले जानकारी दिए।
उनले डोजर अभियानका कारण पीडितहरूमा मानसिक तनाव बढेको र आत्महत्या दुरुत्साहनमा भूमिका रहे–नरहेको अनुसन्धान गर्न माग गरेका छन्।
उजुरीमा मुलुकी अपराध संहिता २०७४ को दफा १०८ अनुसार जिम्मेवारी निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ। हाल नदी किनारका बस्ती हटाउने सरकारी अभियानका कारण प्रभावित समुदायमा त्रास बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस