दाङ,२४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
बोर्डका अनुसार नतिजासम्बन्धी विवरण रुजु गर्ने प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ र निर्धारित समयमै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।
बोर्ड स्रोतका अनुसार उत्तरपुस्तिका परीक्षण तथा विद्यार्थी विवरण इन्ट्रीको काम सम्पन्न भइसकेको छ। हाल तथ्यांक रुजु गर्ने कार्य जारी रहेको बताइएको छ।
प्राविधिक तथा प्रशासनिक प्रक्रिया अन्तिम चरणमा पुगेकाले वैशाख २९ गतेभित्रै नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस