काठमाडौ,२७ वैशाख। पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषामा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको मिथिला नगरपालिका–९ फुटबल ग्राउन्डनजिक आइतबार बिहान बस दुर्घटना भएको हो ।
काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बसमा ३३ यात्रु सवार रहेकामा चालकसहित १७ जना घाइते भएका हुन् । घाइतेहरूको मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस