after_navbar

नसर्ने रोगसम्बन्धी अभिमुखीकरण


२ घण्टा अगाडि


दाङ, ३१ वैशाख । दाङको घोराहीमा नसर्ने रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ। हेल्थ फाउण्डेशन नेपालको आयोजनामा नसर्ने रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रम घोराही उपमहानगरपालिका–३ को समन्वयमा सञ्चालन गरिएको हो। कार्यक्रम शहरी स्वास्थ्य केन्द्र झिङ्नीकी इन्चार्ज गोपिला वलीको अध्यक्षतामा तथा वडा सदस्य युवराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

अभिमुखीकरण कार्यक्रममा वडा नं. ३ का स्थानीयवासीलाई नसर्ने रोगबारे जानकारी दिइएको थियो। समुदायमा मधुमेह, उच्च रक्तचाप र रगतमा बोसो बढ्ने जस्ता समस्या बढ्दै गएको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै वडा सदस्य सुवेदीले यस्ता रोगबाट बच्न दैनिक जीवनशैलीमा परिवर्तन आवश्यक रहेको बताए। डा. सजन श्रेष्ठ र सहस्रा जोशीले नसर्ने रोगको जोखिम, जटिलता र रोकथामका उपायबारे सहजीकरण गरेका थिए।

कार्यक्रममा मानसिक स्वास्थ्य, उपचार, पुनःस्थापना तथा समुदायमा सचेतना फैलाउने विषयमा पनि जानकारी दिइएको थियो। कार्यक्रमको सहजीकरण गिरिराज पौडेलले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="