प्यूठान, २ जेठ । खोलामा डुबेर घाइते भएका बालकको मृत्यु भएको छ । प्यूठान जिल्लाको प्युठान नगरपालिका–१ खैराका १४ वर्षीय नोबेल आचार्य खोलामा डुबेर घाइते भएका थिए ।
उद्धारपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईका अनुसार दिउँसो साढे ४ बजे घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले बालकको उद्धार गरेको थियो । उपचारका क्रममा साँझ साढे ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस