after_navbar

त्रिविको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवार तय


२० घण्टा अगाडि


काठमाडौ,२ जेठ।त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकिएको छ । त्रिविका उपकुलपति प्राडा. सुशील बज्राचार्यले शिक्षाध्यक्ष र रजिस्ट्रारको जिम्मेवारी तोकेका हुन्।

उपकुलपति बज्राचार्यले विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाललाई शिक्षाध्यक्ष र व्यवस्थापन संकायका डिन प्रा.डा.महानन्द चालिसे लाई रजिस्ट्रारको जिम्मेवारी दिएका हुन् ।

उपकुलपति बज्राचार्यका अनुसार शुक्रबारदेखि उनीहरूलाई जिम्मेवारी दिइएको हो । कुलपति तथा प्रधानमन्त्री बालेन शाहले बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिएपछि उनले अन्य पदमा नियुक्ति गरेका हुन् ।

यसअघि अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएका थिए । अध्यादेश जारी हुनुअघि नै पूर्व उपकुलपति प्राडा. दीपक अर्यालले राजीनामा दिएका थिए । साथै शिक्षाध्यक्ष प्राडा। खड्ग केसी र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले पनि पदबाट राजीनामा दिएका थिए ।

हाल रिक्त रहेका पदमा अस्थायी रूपमा जिम्मेवारी तोकिएको विश्वविद्यालयले जनाएको छ । नयाँ उपकुलपति नियुक्तिका लागि प्रक्रिया पनि अघि बढाइएको छ । उपकुलपति सिफारिस समिति गठन भइसकेको र आवेदन माग गरिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="