after_navbar

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु


३ घण्टा अगाडि


गुल्मी,४ जेठ। मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा दुईजनाको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भएर सडकबाट तल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय लक्ष्मण थापा र ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरू स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङका बासिन्दा हुन्।

प्रहरीले घाइते दुवै जनालाई उद्धार गरेर रिडी प्राथमिक अस्पताल पुर्‍याएको थियो। तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="