after_navbar

व्यवसायीमाथिको धरपकडले अर्थतन्त्र बलियो बन्दैन: मुख्यमन्त्री आचार्य


२ घण्टा अगाडि


दाङ,३ जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायीमाथि हुने दबाब र धरपकडले देशको अर्थतन्त्र कमजोर हुने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा आइतबार बोल्दै उनले निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने बेला उल्टै हतोत्साहित गर्ने अवस्था गम्भीर भएको बताए।

मुख्यमन्त्री आचार्यले व्यवसायीलाई थुनेर वा डर देखाएर मुलुक अघि बढ्न नसक्ने स्पष्ट पारे। उनले गलत काम भए कानुनी कारबाही गर्न सकिने भए पनि पूरै व्यवसायी क्षेत्रलाई नै दबाब दिने काम ठीक नभएको बताए।

उनका अनुसार अहिले निजी क्षेत्र पहिले नै समस्यामा रहेको अवस्थामा थप धरपकड भए उद्योग–व्यवसाय कमजोर हुने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने खतरा छ।

उनले प्रदेश सरकार निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सधैं साथमा रहने बताए। साथै विगतमा उद्योगका समस्या समाधानका लागि प्रदेश सरकार सक्रिय भएर काम गरेको पनि स्मरण गराए।
मुख्यमन्त्री आचार्यले संघीय सरकारसँग समन्वय गरेर व्यवसायीका समस्या समाधान गर्दै जाने पनि बताए।

उनले निजी क्षेत्रलाई चलायमान बनाउन नसकिए
देशको आर्थिक अवस्था अझ कमजोर हुने उल्लेख गरे।
प्रदेश सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको पनि उनले जानकारी दिए।

उनले स्थानीय उत्पादन बढाउने, उद्यमशीलता विकास गर्ने र बजार सुनिश्चित गर्ने कार्यक्रम निजी क्षेत्रसँग मिलेर अघि बढाइने बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="