after_navbar

टरिगाउँ विमानस्थल उपेक्षा गरिएको भन्दै संसदमा ध्यानाकर्षण


२० घण्टा अगाडि


काठमाडौ,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वि.सं. २०११ सालमा स्थापना भएको टारिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन नसकेको उल्लेख गरे। उनले यो विमानस्थल दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ नागरिकको जीवनरेखा भएको बताए।

सुवेदीले विमानस्थल मात्र होइन, क्षेत्रका महत्वपूर्ण सडकहरूको अवस्था पनि दयनीय रहेको बताएका छन्। लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक, दामोदर मार्ग र तुलसीपुर–खिलतपुर सडक को अवस्था कमजोर हुँदा सर्वसाधारणले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोगिरहेको उनको भनाइ छ।

उनले यी संरचनाहरूको सुधार र विस्तारका लागि आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्न सरकारसँग माग गरेका छन्।

सुवेदीले समयमै पूर्वाधार विकास नगर्दा क्षेत्रीय विकास प्रभावित भइरहेको भन्दै सरकारलाई यसतर्फ गम्भीर हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="