after_navbar

नागरिकमैत्री सेवा दिन प्रहरी अधिकृतलाई आईजीपी कार्कीको निर्देशन


२० घण्टा अगाडि


काठमाडौ,४ जेठ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरुवा भई नयाँ कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतहरूलाई नागरिकको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन्।

सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले परम्परागत पुलिसिङभन्दा फरक सोच र कार्यशैली अपनाउनुपर्ने उल्लेख गरे। उनले नागरिकमैत्री, उत्तरदायी, प्रभावकारी र छिटो सेवा प्रवाह गर्न जोड दिँदै नागरिकको अपेक्षालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

हालै सरुवा भएका एसपी र डीएसपीहरूलाई सम्बोधन गर्दै आईजीपी कार्कीले उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना समेत दिएका छन्।

उनले सबै प्रहरी कर्मचारीलाई उच्च व्यावसायिकता, अनुशासन, निष्ठा र इमानदारी कायम राख्न निर्देशन दिए। साथै राम्रो व्यवहार र बोलीवचन अपनाउँदै संगठनको छवि सुधार हुने गरी जिम्मेवारी बहन गर्नुपर्ने बताए।

आईजीपी कार्कीले व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकारको पूर्वाग्रह नराखी कानुनसम्मत र विभेदरहित काम गर्न निर्देशन दिएका छन्।

उनका अनुसार आफ्नो कार्यक्षेत्रमा रहेका सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गरी त्यसअनुसार योजना र रणनीति बनाएर प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="