after_navbar

इरानमाथि आक्रमण तत्काल स्थगित गरिएको ट्रम्पको दाबि


२ घण्टा अगाडि


काठमाडौ,५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्।

बीबीसीका अनुसार ट्रम्पले कतार, साउदी अरब र यूएईका नेताहरूको आग्रहपछि सैन्य कदम रोकेको र हाल गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिएका हुन्। उनले यो विषय सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरेका थिए।

यसैबीच, इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई रणनीतिक गल्ती नगर्न चेतावनी दिएका छन्। गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव बढेको थियो। त्यसको जवाफमा इरानले खाडी क्षेत्रमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको बताइएको छ।

इरानले पाकिस्तानी मध्यस्थकर्तामार्फत अमेरिकासँग वार्ता जारी रहेको पनि जनाएको छ। यसअघि ट्रम्पले इरानका लागि समय सकिँदै गएको चेतावनी दिँदै चाँडै निर्णय नगरे परिणाम गम्भीर हुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="