after_navbar

जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ


३ घण्टा अगाडि


बाँके,६ जेठ । बाँकेमा बलात्कारको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लामा फरक–फरक घटनामा जबरजस्ती करणीका आरोपमा दुई जना पक्राउ परेका हुन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका–४ बेलनपुरका २६ वर्षीय एक युवकलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

उजुरीका आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी, १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बैजनाथ गाउँपालिका–२ छमनियाका २२ वर्षीय अर्का युवक पनि पक्राउ परेका छन्।

उनलाई मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बैजनाथ–५ बनकटुवा चोकबाट पक्राउ गरेको हो।दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="