चीनमा भीषण वर्षा र बाढी: १२ जनाको मृत्यु, हजारौँ विस्थापित
१३ घण्टा अगाडि
काठमाडौ,६ जेठ । चीनका विभिन्न भागमा परेको मुसलधारे वर्षा र त्यसपछि आएको बाढीका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ भने दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
हुनान प्रान्त अन्तर्गत शिमेन काउन्टी सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पाँच जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन्। उद्धार टोलीले खोजी तथा राहत कार्य तीव्र पारेका छन्।
सरकारी तथ्यांक अनुसार २४ घण्टामा मात्रै ३३९ मिलिमिटर वर्षा भएको छ। केही ठाउँमा केही घण्टामै २४० मिलिमिटर वर्षा भएपछि पुराना रेकर्ड समेत तोडिएका छन्।
हुबेई प्रान्त मा पनि बाढीले ठूलो असर पारेको छ। सडकहरू नदीजस्तै बनेका छन् र डुङ्गाबाट उद्धार गरिएको छ। त्यहाँ तीन जनाको मृत्यु भएको र चार जना बेपत्ता छन्।
यस्तै, गुइझोउ प्रान्त मा चार जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्। हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
चीनमा यस्ता प्राकृतिक विपद् बारम्बार हुने गर्छन्। गत वर्ष बेइजिङ मा आएको बाढीमा पनि धेरैले ज्यान गुमाएका थिए।
यसैबीच, गुआङ्सी क्षेत्रमा छुट्टै घटनामा एउटा पिकअप ट्रक पुलबाट खस्दा १० जनाको मृत्यु भएको पनि जनाइएको छ
प्रतिक्रिया दिनुहोस