काठमाडौ,२० जेठ । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न चेतावनी दिएका छन् ।
पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुई दिने कार्यशालामा बोल्दै उनले समय र परिस्थिति सधैँ एकैनास नरहने भएकाले जिम्मेवार पदमा रहेका व्यक्तिहरू संयमित हुनुपर्ने बताए।
उनले नेपालमा राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शक्तिशाली प्रणालीहरू समेत ढलेको उदाहरण दिँदै अहिलेको अवस्था पनि लामो समय नटिक्ने दाबी गरे।
अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएका आगजनी र तोडफोडका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यस्ता घटनालाई सामान्य रूपमा लिन नहुने बताए।
उनले राज्यका जिम्मेवार निकाय र व्यक्तिहरूलाई ‘उत्ताउलिएर अघि नबढ्न’ चेतावनी दिँदै संयम अपनाउन आग्रह गरे
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस