दाङ,२१ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा विद्यार्थीहरूको सिकलसेल एनिमिया र थालेसिमिया परीक्षण गरिएको छ।
थारु समुदाय बढी बसोबास गर्ने वडा भएकाले सबै विद्यार्थीको जाँच गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजना तथा वडा कार्यालय र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा शिविर सञ्चालन गरिएको थियो।
हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन शर्माका अनुसार थारु समुदायमा यी रोग बढ्दै गएकाले विद्यार्थीहरूको स्क्रीनिङ गरिएको हो।
शिविरमा ४ सय ३९ जनाको रगत संकलन गरिएको छ। रिपोर्ट केही दिनपछि आउनेछ। रोग देखिएमा थप सल्लाह र उपचारका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
यी रोग थारु समुदायमा बंशानुगत रूपमा देखिने वडाध्यक्ष खुसीराम चौधरीले बताए । सरकारले औषधि निःशुल्क गरेको भए पनि सबैको परीक्षण नभएकाले वास्तविक संख्या अझै खुलेको छैन।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस