दाङ,२२ जेठ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ मा नेल आर्ट तथा कटाइ सिलाइ तालिम सञ्चालन गरिएको छ।
वडा नं. ६ को आर्थिक सहयोग तथा तुलसीपुर मिडिया प्रालिको आयोजनामा १५ दिने नेल आर्ट तालिम सञ्चालन भएको हो।
यसैगरी वडा कार्यालयकै आर्थिक सहयोग र थर्ड आई नेपालको आयोजनामा एक महिने कटाइ सिलाइ तालिम सञ्चालन गरिएको छ।
महिलाहरूलाई आयआर्जनसँग जोड्ने र व्यवसायिक बनाउने उद्देश्यले महिला लक्षित सीप विकास कार्यक्रमअन्तर्गत यी तालिमहरू सञ्चालन गरिएको हो।
शुक्रबार वडा नं. ६ का कार्यवाहक वडा अध्यक्ष समसेर बहादुर रावतको अध्यक्षतामा तालिम उद्घाटन गरिएको हो। कावा अध्यक्ष रावतले तालिममा सहभागी भएर मात्र नबसि सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे।
कार्यक्रममा वडा सचिव कुमारी खड्का भण्डारीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित हरेक वर्ष यस्ता तालिम सञ्चालन हुँदै आएको जानकारी दिइन।
उनले तालिमबाट सिकेको सीपलाई आयआर्जनमा प्रयोग गर्न पनि आग्रह गरे। कटाइ सिलाइ तालिमका मुख्य प्रशिक्षक तारा प्रसाद परियार र नेल आर्ट तालिमकी प्रशिक्षक आरती शर्मा रहेकी छन् ।
कार्यक्रममा तुलसीपुर मिडिया प्रालिका प्रतिनिधि दर्शन आचार्यले तालिम आयोजनाबारे जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस