after_navbar

पहाडी र हिमाली क्षेत्रमा अझै वर्षा: तराईमा गर्मी बढ्ने


१२ घण्टा अगाडि


काठमाडौ,२४ जेठ । देशका पहाडी र हिमाली क्षेत्रमा अझै केही दिन वर्षाको सम्भावना रहेको छ भने तराई क्षेत्रमा गर्मी बढ्ने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली रहेको छ भने तराईमा आंशिक बदली रहेको छ।

आज कोशी प्रदेशका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा आगामी केही दिन मध्यम वर्षा हुने अनुमान गरिएको छ।

साप्ताहिक पूर्वानुमानअनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तातो हावा चल्ने र गर्मी बढ्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तापक्रम बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="