दाङ,२८ जेठ ।बिहीवार सुनचाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि हिजो पनि सुनको भाउ तोलामा १० हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि घटेको छ। हिजो तोलाको ४ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस