after_navbar

श्रीमतीमाथि रड प्रहारपछि छतबाट हाम्फालेर श्रीमानको मृत्यु


३ घण्टा अगाडि


झापा,५ असार । झापाको बिर्तामोडमा श्रीमतीमाथि आक्रमण गरेपछि एक वृद्धले घरको तेस्रो तलाबाट हाम्फाल्दा मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका–५ अन्नपूर्ण चोकका ७२ वर्षीय घिरेन राजवंशीले शुक्रबार बिहान करिब ५ः३० बजे घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया श्रीमती गंगामुनी राजवंशीमाथि फलामको रडले प्रहार गरेको प्रहरीले जनाएको छ।

रड प्रहारबाट पेटमा चोट लागेकी गंगामुनीलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ।


श्रीमतीमाथि आक्रमण गरेलगत्तै घिरेनले आफ्नै घरको तेस्रो तलाबाट हाम्फालेका थिए। हाम्फाल्दा उनको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको थियो। गम्भीर घाइते अवस्थामा उनलाई पनि बिर्तासिटी अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा बिहान करिब ६ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले घटनास्थल मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="