दाङ,१९ असार । प्रहरीले १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ गरेको छ।
बर्दीयाको मधुवन नगरपालिका-१ कमलपुर निवासी २२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध बालिकामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस