after_navbar

११ थान अवैध भरुवा बन्दुक फेला


११ घण्टा अगाडि



काठमाडौ,१९असार । प्रहरीले ११ थान अवैध भरुवा बन्दुक फेला पारेको छ। पर्वत जिल्लामा सञ्चालन गरिएको विशेष ‘स्विप अपरेशन’का क्रममा प्रहरीले ति बन्दुक फेला पारेको हो।

वन्यजन्तु तथा पशुपंक्षी सिकार नियन्त्रण र जिल्लाको शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको हातहतियारसम्बन्धी अपरेशन अन्तर्गत कुश्मा नगरपालिका-७ गजौटेस्थित चिसापानी सामुदायिक वनबाट ७ थान बन्दुक फेला पारेको प्रहरी निरीक्षक दिनेश पौडेलले जानकारी दिए।

यस्तै, जलजला गाउँपालिका-४ फेदी सौरेनी सामुदायिक वनबाट ४ थान गरी जम्मा ११ थान बन्दुक लुकाईछिपाई राखिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

बरामद बन्दुकहरू रीतपूर्वक जफत गरी सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। यसअघि पनि यस्तै प्रकृतिका ८ थान बन्दुक बरामद भइसकेकाले हालसम्म कुल १९ थान अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="