after_navbar

दाङमा चट्याङ लागेर एक महिलाको मृत्यु, दुई घाइते


५ घण्टा अगाडि


दाङ,२० जेठ । चट्याङ लागेर दाङमा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-२ निवासी २६ वर्षीया दिपा थापा रहेकी छन्।

घोराही-९ मछाहीमा धान रोपाइँ भइरहेको समयमा आज बेलुका करिब पौने ६ बजेतिर एक्कासी चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ। सोही घटनामा परी घोराही-२ मर्फेस निवासी २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन्।

घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ। घाइतेमध्ये कमला थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="